Skip to content

रास्वपाका मन्त्रीः अर्थमा वाग्ले, गृहमा गुरुङ, कानूनमा गौतम र परराष्ट्रमा खनाल निश्चित

nabil bank

काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टीले आज गठन हुने सरकारका मन्त्रीहरुको नाममा छलफल गरिरहेको छ । केही नाम भने करिब करिब टुंगो लागेको स्रोतको दाबी छ ।

स्रोतका अनुसार रास्वपाले अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्लेलाई नियुक्त गर्ने निश्चित भएको छ । यस्तै गृहमन्त्रीमा सुदन गुरुङको नाम करिब निश्चित भएको छ । उनी गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । स्रोतका अनुसार परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम करिब निश्चित भएको छ ।

काठमाडौं–६ बाट निर्वाचित भएका खनाल रास्वपाको अन्तर्राष्ट्रिय विभागका प्रमुख हुन् । उनी यसअघि शिक्षामन्त्री थिए ।

स्रोतका अनुसार सोविता गौतम कानुनमन्त्री बन्ने करिब निश्चित भएको छ । चितवन–३ बाट निर्वाचित गौतमलाई रास्वपाले कानुन मन्त्री बनाउन लागेको हो । उनी यसअघि पनि सांसद थिइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi