काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एंव पूर्व गृहमन्त्री रमेश लेखकलाई आज अदालतमा पेश गरिने भएको छ ।
शनिबार बिहानै पक्राउ परेका ओली र लेखकलाई आज जिल्ला अदालत काठमाडौंमा पेश गरिने जनाइएको छ ।
अदालतमा प्रहरीको तर्फबाट सरकारी वकिल कार्यालयले ओली र लेखकलाई पक्राउ गर्दा जारी गरेको पक्राउ पुर्जी अनुसारको हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिनेछन् । अदालतले अनुमति नदिएको खण्डमा ओली र लेखक आजै छुट्ने छन् ।












प्रतिक्रिया दिनुहोस्