Skip to content

ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौै । सर्वोच्च अदालतले हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ ।

आज न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । उनीहरुलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न सरकारलाई आदेश दिएको छ ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको मानवीय र भौतिक क्षतिको विषयमा अनुसन्धान गर्न उनीहरूलाई चैत १४ गते पक्राउ गरिएको थियो ।

“जिल्ला अदालतबाट मिति २०८२/१२/२२ मा भएको आदेश अनुसारको समयावधिमा अनुसन्धानं कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोहीअनुसार र सो हुन नसकेमा तत्पश्चात् अर्थात् तेस्रो पटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनू भनी प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी गरिएको छ”, आदेशमा भनिएको छ ।

थुना विरुद्ध उनीहरूका पत्नीहरू राधिका शाक्य र यशोदा लेखकले सर्वोच्चमा रिट दर्ता गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T