Skip to content

कांग्रेसको आधिकारिकता विवादः कामु प्रधानन्याधीश मल्ल र न्यायाधीश पोखरेलको इजलासमा

nabil bank

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा देउवा पक्षधरले दायर गरेको नयाँ मुद्धाको पेसी कायममुकायम प्रधान्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा परेको छ ।

देउवा पक्षले यसअघि माघ ४ गते निर्वाचन आयोगको निर्णय विरुद्ध मुद्धा दायर गरेको छ । यस्तै वर्तमान नेतृत्वले महाधिवेशनको मिति तय गरेको विरुद्ध चैत्र २६ गते अर्को मुद्दा दर्ता भएको छ । दुवै मुद्धा न्यायाधीशद्वय मल्ल र पोखरेलको इजलासमा राखेर सुनुवाई हुदैछ ।

देउवा समुहको मुद्दामा पछिल्लोपटक चैत १ गते न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । उक्त इजलासले मुद्दालाई हेर्न नभ्याइनेमा राखेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi