काठमाडौं । उद्योग वाणिज्य मन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
आइतबार आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विवरण सार्बजनिक गरेको हो ।
उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौंमा २५ आना र महोत्तरीमा २९ कठ्ठा जग्गा रहेको छ । साथै काठमाडौंमा ३ तलाको घर रहेको छ ।
यस्तै उनको साथमा सुन १८० तोला र चाँदी २ किलो रहेको छ । मन्त्री रामजी यादवको राजविराजमा ११ कठ्ठा १३ धुर जमिन रहेको छ । यसको आम्दानीको स्रोतमा उनले रुसमा व्यापार गर्दाको पैसा रहेको उल्लेख गरेकी छिन् ।
विभिन्न बैंकमा १० लाख रुपैयाँ रहेको छ भने ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँको विभिन्न कम्पनीमा सेयर रहेको छ ।
उनले ३३२ कित्ता जग्गा बिग मार्टलाई भाडामा दिइएको जनाइएको छ । त्यसबाट ९० हजार भाडा प्राप्त भइरहेको विवरणमा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्