Skip to content

दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

nabil bank

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवालको कार्यालयमा छापा मारेको छ । विभागले मंगलबार छापा मारेर विभिन्न महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।

स्रोतका अनुसार सानेपास्थित किरण भवनमा रहेको भट्टको कार्यालय, भट्टको निजी निवासमा छापा पारेको छ । भट्टको कार्यालयलाई अहिले विभागले सिल गरेको छ । छापा मार्ने क्रममा केही शंकास्पद कागजात, मोबाइल फोन, कम्युटर, ल्यापटप नियन्त्रणमा लिइएको छ ।
यस्तै विभागको टोलीले अग्रवालको कार्यालयमा छापा मारेर मारेर त्यहाँबाट पनि विभिन्न कागजात, कम्प्युटर, ल्यापटप नियन्त्रणमा लिइएको छ ।

विभागले हिमालयन रिइन्स्योरेन्समा छापा मारेर आवश्यक कागजातका साथै केही समयदेखिको सीसीटिभी रेकर्ड नियन्त्रणमा लिएको छ । विभागले सम्पत्ति शुद्धीकरणको कसुरमा भट्ट, अग्रवाल लगायतलाई अनुसन्धान गरिरहेको छ ।

भट्ट जोडिएका विषयमा अनुसन्धान गर्दै जाँदा अन्य धेरै व्यवसायी तथा फर्महरु पनि जोडिने भएपनि सबैलाई धमाधम समाउँदै जाँदा बजारमा नराम्रो संकेत जाने भन्दै अहिले सुरुमा २ जनाबाट अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi