Skip to content

हिमालयन रिइन्स्योरेन्सको चेक नदेखिएको गुनासोपछि हुन थाल्यो भुक्तानी, निर्जीबन बीमा कम्पनीलाई राहत

nabil bank

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले निर्जीबन बीमा कम्पनीहरुको भुक्तानी सुरु गरेको छ ।

निर्जीबन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले नेपाल बीमा प्राधिकरणमा भएको छलफलमा पटक पटक हिमालयन रिइन्स्योरेन्सले भुक्तानी नदिएको भन्दै गुनासो गरेका थिए । निर्जीबन बीमा कम्पनीका सीईओहरुले प्राधिकरणमा पटक पटक गुनासो गरेपछि प्राधिकरणले पनि कम्पनीलाई समयाम नै भुक्तानी गर्न अनौपचारीक रुपमा निर्देशन दिने गरेको थियो ।

प्राधिकरणले भनेको नमानी बसेको हिमालयन रिले पछिल्ला घटनाक्रमपछि बिस्तारै भुक्तानी सुरु गरेको हो । ‘‘हिमालयन रिइन्स्योरेन्सले समयमा नै भुक्तानी नगर्दा केही निर्जीबन बीमा कम्पनी सञ्चालनमा समस्या उत्पन्न हुने स्थिती सृजना हुन लागेको थियो’’ एक निर्जीबन बीमा कम्पनीका सीईओले भने ‘‘केही दिन अघिबाट कम्पनीले भुक्तानी गर्न लागेको छ ।’ ती सीईओले ठट्यौली शैलीमा भने ‘‘अहिलेसम्म हिमालयन रिको चेक देखिएको थिएन । अब देख्न पाइन थालेको छ । हिमालयन रिले भुक्तानीका लागि चेक काटन थालेको छ ।’’
कम्पनीले भुक्तानी गर्न थालेसँगै कम्पनीहरुले राहत महशुस गर्न थालेको जनाएका छन् ।

बालेन नेतृत्वको सरकार बने लगत्तै व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । हिमालयन रिबाट अध्यक्ष शेखर गोल्छाले फागुन २५ गते राजीनामा दिएका छन् । कम्पनीका संस्थापक सेयरधनी भट्टलाई सम्पत्ति शुद्धीकरण विभागले चैत १९ गते पक्राउ गरेको छ ।
अहिले उनको अनुसन्धान भइरहेको छ । यता विभागले मंगलबार हिमालयन रिइन्स्योरेन्समा छापा मारेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा हिलटन होटलमा तोडफोड तथा आगजनी भएको थियो । अहिलेसम्म हिल्टन होटलले बीमाको दाबी भुक्तानी पाएको छैन । ८ अर्बमा निर्माण भएको होटलको दि ओरियण्टल इन्स्योरेन्समा ५ अर्बमा बीमा भएको थियो ।

हुलदंगाबाट सिर्जित क्षतिको दाबी भुक्तानी नेपाल रिइन्स्योरेन्स कम्पनीमा गराउनु पर्ने व्यवस्था छ । तर, कम्पनीले यस्तो बीमा हिमालयन रिइस्योरेन्स कम्पनीमा गराउँदा हिल्टन होटललको बीमा दाबी भुक्तानी अन्यौलता परेको हो ।

दी ओरियन्टियल इन्स्योरेन्सले उक्त बीमा जोखिम नेपाल पुनर्बीमा प्रणालीमार्फत गर्नु पर्नेमा अन्य वैकल्पिक पुनर्बीमा संरचनामा पठाएको देखिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

पुनर्बीमा सम्झौता नेपाल रिइन्स्योरेन्स कम्पनीमार्फत हुनुपर्नेमा अन्य कम्पनी मार्फत गरिएको हो । जसले गर्दा दाबी भुक्तानीको कानुनी आधार नै विवादित बनेको छ ।

अहिलेसम्म यो दाबी भुक्तानी कसले कसरी गर्ने भन्नेमा अन्यौलता रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi