Skip to content

मर्केन्टाइल अफिस सिस्टम र प्रभु बैंकबीच सम्झौता

nabil
global ime

काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.ले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रालि तर्फबाट कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंकका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन शमशेर जबरा राणाले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा प्रभु बैकंका कर्मचारीलाई १८ प्रतिशतसम्म तथा ग्राहकहरुले अधिकतम ८ देखि १५ प्रतिशतसम्म एसर ल्यापटप लगायत एप्सन प्रिन्टर हरुमा छुट पाउने भएका छन । क्रेडिटकार्ड प्रयोगकर्ताहरु लाई इन्स्टापे बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन ।

सो छुट सेवासुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. मा प्राप्त गर्न सकिनेछ ।

यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T