काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
यो अवधिमा कम्पनीको नाफा ८१३६.९८ प्रतिशतले बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म १२ लाख ९८ हजार रुपैयाँ नाफा कमाएको लघुवित्तले चालु आवको सोही अवधिमा आइपुग्दा १० करोड ६९ लाख १६ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ७२.२१ प्रतिशतले बढेर ८५ करोड ४० लाख ७० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४९ करोड ५९ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
यस्तै यो अवधिमा कम्पनीको सञ्चालन नाफा ८३५६.०३ प्रतिशतले बढेर १५ करोड ९० लाख ५८ हजार रहेको छ । गत आवको सोही अवधिमा १८ लाख ८१ हजार रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेसँगै नाफामा समेत चामत्कारिक सुधार आएको छ ।
कम्पनीको नाफा बढेपनि वितरणयोग्य नाफा भने ऋणात्मक रहेको छ । चैत मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ३२ करोड ३७ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
१ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको जगेडा कोषमा ४७ करोड ५७ लाख रुपैयाँ छ । चैत मसान्तसम्म कम्पनीले २० अर्ब ७४ करोड ६७ लाख ८१ हजार रुपैयाँ निक्षेप रहेको छ भने १९ अर्ब ७२ करोड ६७ लाख १२ हजार कर्जा लगानी गरेको छ ।
चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३५ पैसा रहेको छ ।
संस्थाको खराब कर्जा ३.०४ प्रतिशतबिन्दु बढेर १६.५९ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १३.५५ प्रतिशत रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्