Skip to content

मितेरी डेभलपमेन्ट बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी र नेटवर्थ कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मितेरी डेभलपमेन्ट बैंकले ९ करोड ६२ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा ४.०७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड २४ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढ्दा नाफा बढेको छ । यो अवधिमा बैकको इम्पेरमेन्ट चार्ज बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज बढेर २ करोड २५ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २१ लाख २८ हजार थियो ।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६७.०५ प्रतिशत बढेर २२ करोड १५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा ४.०७ प्रतिशतले बढेर १३ करोड ७४ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १० करोड ७ लाख १० हजार रहेको छ । बैंकको लाभांश दिने क्षमता ११.०३ रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ३६ पैसा रहेको छ ।

१ अर्ब २१ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४७ करोड ९० लाख ६६ हजार रुपैयाँ छ । ८ अर्ब ५८ करोड रुपैयाँ १२ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६ अर्ब ८४ करोड ९० लाख ३६ हजार कर्जा लगानी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi