Skip to content

सुलभको नयाँ स्टक एक्सचेञ्जको सपनामा राजेन्द्र खेतानले प्राइम लाइफ गुमाए

nabil bank
फोटोःएआईबाट बनाएको हो

काठमाडौं । २०७९ साल बैशाख २९ गते प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले मर्जरमा जाने निर्णय गरेका थिए । एक वर्षपछि, २०८० साल बैशाख २६ गते, समान स्वाप रेसियोमा मर्जर सम्पन्न गरी नयाँ कम्पनी हिमालयन लाइफ इन्स्योरेन्सले कारोबार सुरु गर्यो ।

मर्जर निर्णयको बेला प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, गुराँस लाइफको २ अर्ब ८ करोड र युनियन लाइफको २ अर्ब १५ करोड थियो । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम पाँच अर्ब पुर्‍याउन माग गरेपछि तीनवटा कम्पनी मेगा मर्जरमा जान बाध्य भएका थिए । यद्यपि, स्वाप रेसियो भने सबैको समान राखियो — जसले विवाद र प्रश्न उठायो ।

सम्पत्ति र दायित्व मूल्यांकनपछि स्वाप रेसियो निर्धारण गर्ने सिद्धान्त भएपनि नेपालमा बैंक तथा बीमा क्षेत्रका मर्जर प्रायः बार्गेनिङ र स्वार्थका आधारमा हुने प्रचलन छ । प्राइम–गुराँस–युनियन मर्जरमा पनि यही देखियो ।

भविष्यमा नाफा कमाउने आधार जीवन बीमा कोष हो । मर्जर सम्झौता गर्ने बेला प्राइमको बीमा कोष १७ अर्ब ६३ करोड, रिजर्भ ५० करोड र बीमा शुल्क आर्जन २६ अर्ब थियो । गुराँसको बीमा कोष १२ अर्ब, रिजर्भ ५४ करोड र बीमा शुल्क १६ अर्ब थियो । युनियनको बीमा कोष १० अर्ब, रिजर्भ १ अर्ब र बीमा शुल्क २० अर्ब थियो । युनियनले आक्रामक तर घाटामुखी प्रोडक्ट चलाएकाले बोनसदर समेत कमजोर बनेको थियो ।

लाभांश वितरणमा पनि प्राइम मजबुत थियो । गुराँसले स्थापनादेखि दुईपटक मात्र दोहोरो अंकको लाभांश दिएको थियो भने युनियनले एकपटक मात्र एकल अंकको लाभांश दिएको थियो । प्राइम भने नियमित रूपमा स्थिर लाभांश दिने कम्पनी थियो । तर मर्जरपछि बनेको हिमालयन लाइफले १४ प्रतिशत र ८ प्रतिशत लाभांश मात्र दियो, जसले प्राइमका सेयरधनीलाई प्रत्यक्ष घाटा थप्यो ।

प्राइम,गुरासँ र युनियन लाइफको मर्जर सम्झौता गर्दाको फोटो

व्यवसाय जगतमा स्मार्ट लगानीकर्ता मानिने राजेन्द्र खेतानले प्राइमको बलियो अवस्था हुँदाहुँदै पनि कमजोर युनियनसँग बराबर स्वाप रेसियो स्वीकार गर्नुको प्रमुख कारण सुलभ अग्रवालले देखाएको नयाँ स्टक एक्सचेञ्जको सपना भएको बताइन्छ । सुलभ समूहले खेतान लाई आकर्षक सेयर हिस्सेदारीको आश्वासन दिएको थियो । तर, नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अघि बढेन ।

त्यसमाथि नेपालको रि–इन्स्योरेन्स संस्थानलाई टेकओभर गर्ने योजना र त्यसमा हिमालयन रि तथा हिमालयन लाइफको पैसा प्रयोग गरिएको आरोपपछि सुलभ अग्रवाल र उनका साझेदार दीपक भट्ट अहिले हिरासतमा छन् । सुलभलाई हिमालयन लाइफको अध्यक्षताबाट पनि हटाइएको छ।

सुलभले नेपाल रि किन्ने, फाइदा उठाउने र अन्तिममा हिमालयन रिमा मर्जर गर्ने सपना पुरा भएन । त्यस्तै ‘ड्रिम प्रोजेक्ट’ भनिएको नयाँ स्टक एक्सचेञ्जको बाटो पनि बन्द भयो । उनका स्वायत्त निर्णय र गलत अनुमानले हिमालयन लाइफका साधारण लगानीकर्ता र बीमितहरूलाई समस्यामा पारेको छ ।

सबैभन्दा ठूलो क्षति प्राइम लाइफका पुराना सेयरधनीलाई परेको देखिन्छ, जसको बलियो आधारलाई मर्जरले कमजोर बनाइदियो ।

अहिले पनि हिमालयन लाइफका प्रमुख लगानीकर्ता राजेन्द्र खेतान समूह नै छन् । खेतानको ३० प्रतिशत स्वामित्व रहेको लक्ष्मी बैंकले हिमालयनलाइफमा ७.१९ प्रतिशत लगानी गरेको छ । त्यस्तै राजेन्द्र खेतानकोव्यक्तिगत ५.८७ प्रतिशत, पुजा अग्रवाल खेतानको ४.६६ प्रतिशत रस्नेया खेतानको १.०४ प्रतिशत स्वामित्व रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi