Skip to content

गृहमन्त्री गुरुङले लुकाएको ५० हजार कित्ता सेयर, सम्पत्ति विवरणमा ५० लाख नदेखाउँदा चर्को आलोचना

nabil bank

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले २३ कम्पनीमा लगानी लगानी लुकाउन खोज्दा अहिले विवाद बल्झिएको छ । उनले २ कम्पनीको सेयरको सही विवरण सम्पत्ति विवरण सार्वजनिक गर्दा नखुलाएका कारण विवादमा तानिएका छन् ।

गृहमन्त्री गुरुङले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीमा २५ हजार कित्ता र स्टार माइक्रो इन्स्योरेन्समा २५ हजार गरी ५० हजार कित्ता सेयर खरिद गरेका छन् । प्रतिकित्ता सय रुपैयाँका दरले ५० लाख रुपैयाँको दुई कम्पनीको ५० हजार कित्ता सेयर खरिद गरेका छन् ।

यो विषय नयाँ भने होइन । यी दुई कम्पनीमा गुरुङ सहित कसको कति स्वामित्व छ भरने हिमाल खबरले २०८० मंसिर १३ गते विवरण सहितको समाचार मार्फत सार्वजनिक गरिसकेको छ ।

अहिले विवाद हुनुको कारण भनेको गुरुङले सम्पत्ति विवरण सार्वजनिक गर्दा उक्त सेयर लुकाएको भएर हो । उनले विवरणमा त्यो सेयर देखाएका थिए भने यो विवाद आउने थिएन । राज्यले तोेकेको हदबन्दी भन्दा बढी जग्गा रहेका गुरुङले ५० हजार कित्ता सेयरको विवरण लुकाउनुले लगानीको स्रोतमा समेत शंका उत्पन्न भएको भन्दै विवाद सृजना भएको हो ।

केही जेनजी समूहले उनले नैतिक रुपमा राजीनामा दिनुपर्ने समेत माग गरेका छन् भने कतिपयले जेनजी आन्दोलनपछि बनेको पारदर्शी भनेको सरकारले यस्ता विषय स्पष्ट रुपमा बाहिर ल्याउनु पर्ने माग समेत गरिरहेका छन् ।

यो विषय बढी चर्चामा आउनुको कारण भनेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरिरहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको लगानी रहेको कम्पनीमा मन्त्री गुरुङको लगानी देखिएपछि हो ।

अनुसन्धानको क्रममा रहेका भट्ट र अग्रवाल अहिले प्रहरी हिरासतमा रहेका छन् ।

भट्टको मुख्य लगानी रहेको कम्पनीमा गृहमन्त्री गुरुङ मात्रै नभएर विभिन्न सञ्चार माध्यम, नाम कहलिएका आर्थिक पत्रकार समेतको लगानी छ ।

स्टार माइक्रो इन्स्योरेन्समा अनलाइन खबरका सञ्चालकहरु सहोदर दाजुभाई धर्म र सुरेश भुसालले रेमी क्यापफिन प्रालि नामक कम्पनी खोलेर ३२ लाख रुपैयाँ लगानी गरेको हिमाल खबरमा समाचार छ । स्रोतका अनुसार रेमी क्यापफिन प्रालिले अन्य कम्पनीमा पनि राम्रै लगानी गरेको छ ।

यस्तै अभियान दैनिकका सम्पादक मदन लम्सालको नाममा ५० लाख रुपैयाँको सेयर छ । यी कम्पनीमा अन्य कैयन आर्थिक पत्रकारहरुले श्रीमती तथा परिवारका सदस्यको नाममा सेयर किनेका छन् । यी कम्पनीमा व्यवसायी अग्रवाल र भट्टसँग मिलेर गुरुङले सेयर किनेका छन् । सुलभ अग्रवाल शंकर समूहका उपाध्यक्ष हुन् । भट्ट इन्फिनिटी होल्डिङ्सका अध्यक्ष हुन् । गुरुङ, भट्ट र अग्रवालको बर्षौदेखि सम्बन्ध रहेको देखिएको छ । गुरुङले खोलेको हामी नेपाल नामक संस्थाले एक कार्यक्रममा भट्टलाई सम्मान गरेको खुलेको छ ।

भट्ट र अग्रवालको लगानी रहेको होटल हिल्टनमा भने गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएको छ । त्यसको बीमाको भुक्तानी अहिलेसम्म होटलले पाएको छैन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi