काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँलाई १ लाख रुपैयाँ जरिवाना, ५ वर्षसम्म कैद वा दुवै सजाय माग गर्दै मुद्धा दायर भएको छ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम सजाय गर्न माग गरिएको छ ।
उनले पटक–पटक यस्तो कसुर गरेको देखिएकाले सोही ऐनको दफा ४७ (२) बमोजिम थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत माग गरिएको छ ।
प्रसाईँले सामाजिक सञ्जाल फेसबुक मार्फत आगामी निर्वाचनको सन्दर्भमा भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस्