काठमाडौं । अर्थ सचिव डा. धनश्याम उपाध्याय र सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुर व्यवसायी घराना शाहिल अग्रवाल र व्यवसायी दीपक भट्टसँग संलग्न रहेको देखिएको छ ।
विभागले सम्पत्ति शुद्धीकरण कसुरमा भट्ट, अग्रवाल लगायतको अनुसन्धान गर्दै जाँदा उनीहरुको मुल स्वामित्व रहेको कम्पनीको लगानी रहेको रहेको तथ्य बाहिरिएको छ ।
*अर्थ सचिव उपाध्यायले श्रीमती भगवती उपाध्यायको नाममा नेपाल माइक्रो इन्स्योरेन्समा १० लाख रुपैयाँको १० हजार कित्ता सेयर लिएका छन् ।
सचिव उपाध्यायले आफु सहसचिव भएको समयमा उक्त सेयर किनेको जनाएका छन् । यो सेयर खरिद गर्दाको सम्पत्तिको स्रोत बैध रहेको र २०७९ माघ १९ गते एभरेष्ट बैंकको चेक मार्फत भुक्तानी गरेको जनाएका छन् ।

यस्तै विभागका महानिर्देशक ठाकुरले श्रीमती राखी निहारिका ठाकुरको नाममा हिमालयन रि इन्स्योरेन्स २० हजार कित्ता सेयर लिएका छन् ।
अहिले विभागले भट्ट अग्रवालमाथी अनुसन्धान गरिरहेको भएर उनीहरु पनि एकै कम्पनीको साझेदार भएका कारण कतै अनुसन्धान प्रभावित हुने हो की भन्ने प्रश्न चौतर्फी रुपमा उठेको छ ।












प्रतिक्रिया दिनुहोस्