Skip to content

मञ्जुश्री फाइनान्सको नाफा २७.९३ प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसामन्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

चैत मसान्तसम्म कम्पनीले २१ करोड ८९ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २७.९३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ११ लाख १९ हजार रुपैयाँ रहेको थियो ।
चैत मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण नाफा बढेको छ ।

यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेर ६८ करोड ४७ लाख ७२ हजार रुपयैयाँ रहेको त भने सञ्चालन नाफा १०.२९ प्रतिशतले बढेर ३२ करोड ३३ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

फाइनान्सको इम्पेरमेन्ट चार्ज १४ करोड ५४ लाख २६ हजार रुपैयाँबाट घटेर ११ करोड ७५ लाख १२ हजार रुपैयाँ रहेको छ । फाइनान्सको वितरणयोग्य नाफा ३० करोड ५४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३० रुपैयाँ १३ पैसा छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६० पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा छ ।१ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ छ । चैत मसान्तसम्ममा फाइनान्सले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi