काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गर्न खोज्दा उनी आफै प्रहरी कार्यालयमा आउने भनेपछि शर्तसहित भारत जानबाट रोकिएको छ ।
उनलाई बुधबार राति भैरहवाको बुटवल स्थित एक होटलबाट पक्राउ गर्न खोजिएको थियो । स्रोतले भन्यो ‘उहाँले मलाई पक्राउ गर्नु पर्दैन । म आफै भोली कहाँको प्रहरीमा आउनु पर्ने हो त्यही आउँछु भन्नुभयो । उहाँलाई भारत जान रोकिएको छ । उहाँ आज काठमाडौं फर्कदै हुनुहुन्छ ।’
स्रोतका अनुसार फोन सम्पर्कमा रहने, मोबाइल अफ नगर्ने र सिधै प्रहरीको सम्पर्कमा आउने शर्त राखिएको छ ।
दिपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीतको कारोबारमा उनको पनि संलग्नता रहेका पाइएको छ ।
अन्य थप विवरण आउन बाँकी रहेको छ ।
यसअघिको समाचामा ‘शेखर गोल्छालाई भारत जान रोकियो, काठमाडौं फर्कदै’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ–सं












प्रतिक्रिया दिनुहोस्