Skip to content

सिटिजन्स बैंकको ‘जेनजी सेभिङ’ र ‘फ्रिल्यान्सर सेभिङ’ मा आकर्षण बढ्दो छ: डिपोजिट मार्केटिङ हेड, पारस बिक्रम थापा

nabil bank

सिटिजन्स बैंकले सेवाग्राहीलाई सहजै सेवा दिनका लागि विभिन्न नयाँ नयाँ प्रडक्टहरु ल्याइरहेको छ ।

बैंकले हाल ३१ वटा बचत खाता सञ्चालन गरिरहेको छ । यी खाता मध्ये अहिले निकै चर्चामा २ वटा खाताको रहेको छ । ती बचत खाता हुन ‘जेनजी सेभिङ’ र ‘फ्रिल्यान्सर सेभिङ’ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बैंकले जेनजी सेभिङ सञ्चालनमा ल्याएको छ । अहिले यो खाता बचतकर्ता तथा प्रयोगकर्ताले निकै खोल्ने गरेका छन् ।

पछिल्लो समय बैकले सञ्चालनमा ल्याएका यी दुई खातामा के त्यस्तो विशेष सुविधा छ र खाता खोल्न बचतकर्ताको आकर्षण देखिएको छ, यी खाता खोल्नेले के कस्ता सुविधा पाउने छन्, यी र यस्तै विषयमा सिटिजन्स बैंकका डिपोजिट मार्केटिङ हेड पारस बिक्रम थापासँग लगानी न्यूजले गरेको कुराकानीः

सिटिजन्स बैंकले जेनजी सेभिङ एकाउन्ट सञ्चालनमा ल्याएको छ । यसका विशेषता के–के छ ?

सिटिजन्स बैंकले २०८२ मंसिर महिनाबाट जेनजी बचत खाता सञ्चालमा ल्याएको छ । यो खाता अहिलेका जेनजी पुस्तालाई लक्षित गरेर ल्याईएको हो । जो व्यक्ति सन् १९९७ देखि सन् २०१२ सम्मको हुनुहुन्छ उहाँहरुलाई जेनजी भनिएको छ । बैंकले उहाँहरुलाई लक्षित गरेर यो खाता ल्याएको हो ।

जो व्यक्ति १८ वर्ष पुरा भएको छ उहाँहरुले यो खाता खोलेर सञ्चालन गर्न सक्नुहुन्छ । यो खातामा हामीले जेनजी पुस्ताहरुलाई लक्षित गरेर नयाँ नयाँ बैंकिङ फिचर्सहरु समावेश गरेर ल्याएका छौ ।

अहिले बैंकमा ३ महिनाका लागि मुद्दति निक्षेपमा पैसा राख्द २.७५ प्रतिशत ब्याज पाइन्छ । एक वर्षलाई मुद्दति निक्षेप राख्दा ३.२५ प्रतिशत ब्याज पाइन्छ । अहिले हामीले जेनजीहरुलाई भनेर बचत खातामा नै ३ प्रतिशत ब्याज दिने गरेका छौ । यो खाता अहिले सबैको आकर्षणमा परेको छ ।

यो खाता १०० रुपैयाँमा खोल्न सकिन्छ । यो खाता खोल्नेले बैंकबाट चेकबुक निःशुल्क पाउँछन् । डिम्याट खाता निःशुल्क खोल्न सकिन्छ । यो खाता खोल्नेलाई सेयरमा आवेदन दिँदा लाग्ने आश्वा शुल्क पनि लाग्दैन ।

यसमा हामीले डिजिटल प्रोडक्टहरुलाई लिंक गरेका छौं । यसमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र इकम कार्ड समावेश रहेका छन् । यी सबै सेवा लिनका लागि जेनजी बाहेक अन्यले खाता खोल्ने हो भने १५ सय रुपैयाँ भन्दा बढी तिर्नुपर्छ । तर, हामीले जेनजीहरुलाई ५०१ रुपैयाँमा दिइरहेका छौ । शुल्कको हिसाबले निकै काम छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड ५०१ रुपैयाँमा नै पाइन्छ ।

अहिलेको युवापुस्ताहरु वित्तीय कारोबारमा निकै अभ्यस्त हुनुहुन्छ । त्यही भएर हामीले शुल्क एकदमै कम राखेका छौ । यो खातामा अहिलेसम्म निकै राम्रो रेस्पोन्स आएको छ । इकम कार्ड लिनका लागि प्यान नम्बर चाहिन्छ । धेरैसँग प्यान नहुने हुँदा अलि समस्या भएको छ । हामीले सुरुमा चार वटा प्रोडक्ट एउटै ब्रान्डलिङ गरेर ल्याएका थियौ । बैंकलेपछि इकम कार्डलाई त्यो बन्डलिङबाट हटाएर मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड एकैपटक ५०१ रुपैयाँमा अफर गर्यौ । अहिले हामीले इकम कार्डलाई निःशुल्क गरेको छौं ।

जेनजी पुस्ताहरुमा पनि कतिपय रोजगारी गरिरहनु भएको हुन्छ भने कतिपय कलेजमा अध्ययन गर्दै हुनुहुन्छ । उहाँहरुको लागि धान्न सक्ने होस भनेर हामीले यो प्याकेजको व्यवस्था गरेको हो । यो खाताको अर्को विषेशता भनेको ट्राभल कार्ड हो । अहिले नेपालीहरु थाइल्याण्ड, मलेसिया, बाली लगायत देशमा जाने गर्नुहुन्छ । अहिलेका पुस्तालाई विदेशमा जाँदा भुक्तानी गर्न सजिलो विकाल्प भनेको ट्राभल कार्ड नै हो । यो खाता खोल्नेले उहाँहरुको लागि ५० प्रतिशत छुटमा दिने गरेका छौ ।
हामीले यसमा रिफर एण्ड रिवार्ड अफर पनि राखेका छौ ।

कुनै जेनजी खाता हुनेहरुले अर्को जेनजी युवालाई सिटिजन्स बैंकमा खाता खोल्न रिफर गरेर जेनजी खाता छ भने खाता खोल्न लगाउनेलाई नगद सहितको रिवार्ड दिने गरेका छौ । त्यसबाट बैंकले २०० रुपैयाँ सेवा शु्ल्क लिने गरेको छ । त्यसका लागि बैंकमा जेनजी खाता खोलेको हुुनुपर्छ र अरुलाई खाता खोल्न सिफारिस गर्नुपर्छ ।

जेनजी आन्दोलनलाई लक्षित गरेर बैंकले सीएआरमा ध्यान दिएको छ । राष्ट्र बैंकले जेनजी आन्दोलनमा मृत्यु भएका परिवारलाई सहयोग गर्न भनेको छ । त्यसलाई फोकस गरेर जेनजी आन्दोलनमा शहिद भएकाहरुको परिवारलाई एउटा खाता बराबर २५० रुपैयाँ दिने गरेका छौ ।

बैंकको आफ्नो लगानी रहेको क्यापिटलले ओपन इन्डेड म्युचुअल फण्ड सञ्चालन गरिरहेको छ । त्यसमा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हुन्छ । जेनजी यसको लोकप्रियता रहेछ । जेनजी खाता खोलेपछि त्यो पनि लिन सकिन्छ ।
जेनजी खाता खोलेको एक सातासम्ममा मोबाइल बैंकिङबाट रिचार्ज गरेमा २० प्रतिशत क्यास ब्याक पाइन्छ ।
हामीले डिजिटल प्रोडक्टहरु चलाउनका लागि प्रोत्साहन गर्न यस्तो अफर ल्याएका हौं ।

यो खाताको नाम जेनजी नै राख्ने योजना कसरी बन्यो ?

बैंकले जेनजी आन्दोलनभन्दा पहिला नै एउटा प्रोडक्ट ल्याउने तयारी रहिरहेको थियो । जेनजी आन्दोलन भएपछि हामीले कसलाई लक्षित गरेर प्रोडक्ट ल्याउने भनेर हामीले निकै छलफल गर्यौ ।

बैंकसँग पहिला नै बच्चाहरुको प्रोडक्ट थियो, त्यसलाई रिभाइभ गरेर लैजाने, महिलाहरुका लागि भएको प्रोडक्टमा केही फिचर्सहरु थप्ने भइयो । त्यो बेला नयाँ केही गरौ भन्ने थियो । पछि जेनजी आन्दोलन भयो । आन्दोलनपछि हाम्रो प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले नै जेनजीहरुका लागि हुने गरी प्रोडक्ट ल्याऔ भन्नुभयो । त्यसपछि हामीले जेनजी पुस्ताका लागि भनेर यो खाता सञ्चालनमा ल्यायौ । जुन अहिले सबैका लागि आकर्षक बनिरहेको छ ।

बैंकले फ्रिल्यान्सर बचत खाता सञ्चालनमा ल्याएको छ, यसका विशेषता के के हुन् ?

यो खाता हामीले एक वर्ष अगाडि ल्याएका हौं । हाम्रो बैंकको बार्षिकोत्वसमा अवसरमा यो खाता सञ्चालनमा ल्याएको हो । अहिले नेपालमा आईटी क्षेत्र निकै अगाडि बढिरहेको छ ।

अहिले ल्यापटप लिएर काम गरेर पैसा कमाउनेको संख्या बढिरहेको छ । त्यसरी काम गर्ने क्षेत्र भनेको आईटी नै हो । हामीले यो खातालाई आईटीसँग जोडेर ल्याएका हौं । जो फ्रिल्यान्सर हुनुहुन्छ, जो कुनै कम्पनीमा आबद्ध हुनुहुन्न, जो विदेशी मुद्रा आर्जन गर्नुहुन्छ, जो मिडिया इन्फ्लुयन्सर हुुनुहुन्छ, जसले युटुबबाट पैसा कमाइरहनु भएको छ, उहाँहरुलाई लक्षित गरेर हामीले यो खाता सञ्चालनमा ल्याएको हो ।

यसमा हामीले एकै पटक २ वटा खाता खोल्ने सुविधा दिएका छौ । त्यस्तो खाता नेपाली रुपैयाँ र डलर दुवैमा खोल्न मिल्छ । डलरमा कमाइ हुन्छ भने डलर खाता खोल्न सकिन्छ । यसको ब्याजदर पनि धेरै छ । नेपाली मुद्रामा खाता खोले २.८५ प्रतिशत ब्याज पाइन्छ । डलरमा खोल्दा ३.१५ प्रतिशत पाइन्छ ।

कुनै कम्पनीमा काम गर्ने मान्छे हो भने उसको बीमा कम्पनीले नै गरेको हुन्छ । जो फ्रिल्यान्सर हुनुहुन्छ । जसले यो खाता खोल्नुहुन्छ उहाँलाई इन्स्योरेन्सको पनि व्यवस्था छ । २५ हजार रुपैयाँ सम्मको मेडिकल र ३ लाख रुपैयाँसम्मको दुर्घटना, डेथ बेनिफिसरी भनेको छौ ।

उहाँहरुलाई डलर एक्सचेन्ज गर्दा राम्रो रेट दिने गरेका छौं । विदेशबाट आउने पैसामा चार्ज लाग्दैन । डलरलाई नेपाली पैसामा साटदा १० पैसा राम्रो रेट दिन्छौ । ट्राभल कार्ड र इकम कार्डहरुमा ५० प्रतिशत छुट रहेको छ । मोबाइल बैंकिङ, इन्टरनेट बैकिङ, डेबिट कार्ड पहिलो वर्ष निःशुल्क नै रहेको छ ।

फ्रिल्यान्सरका लागि करको विषय आउने गरेको छ । उहाँहरुको डलर हाम्रो खातामा आउँछ भनेर पहिला नै कर कटाउने गरेका छौ । यसो हुँदा पछि करको फाइलिङ गर्नु पर्ने झन्झट नहुने गरेको छ ।

यो खाता खोल्न अनलाइनबाट पनि सम्भव छ की ?

वेवसाइटमा गएर आवश्यक कागजात पुरा गरेपछि पनि खोल्न सकिन्छ । कतिपयले पहिला नेपाली रुपैयाँमा खाता खोल्नु भएको छ भने डलरमा कन्भर्ट गर्न सकिन्छ । यो पनि भइरहेको छ ।
यो खाता जुनसुकै शाखामा पनि खोल्न सकिन्छ । अनलाइबाट खोल्दा खाता खालेपछि एक पटक नजिकको शाखामा गएर हस्ताक्षर र औठाछाप गर्नुपर्छ । अब हामीले छिटै नै भिडियो केवाईसी सेवा ल्याउँदै छौ । त्यो ल्याएपछि बैंकमा आइरहनु पर्दैन ।

जेनजी सेभिङ र फ्रिल्यान्सरमा सेवाग्राहीको आकर्षण कस्तो छ ?

हाम्रोमा भएका प्रडक्टमध्ये यी निकै सफल प्रडक्ट हुन् । जेनजी सेभिङ सुरु गरेको ४ महिना भयो । अहिले महिनाका १ हजार भन्दा बढी खाता खुल्ने गरेको छ ।

कलेजहरुमा वित्तीय साक्षरताका कार्यक्रम गर्दा यो खाताको बारेमा प्रचार प्रसार गर्ने गरेका छौ । रिफर भएर खाता खुल्नेक्रम पनि बढेको छ । यसका फिचर पनि थप्दै गएका छौ । फ्रिल्यान्सरमा खाताका बारेमा बुझ्नेहरु धेरै नै आउनु भएको छ ।

बैंकले अन्य कस्ता खालका खाता सञ्चालनमा ल्याएर सेवा दिइरहेको छ ?

बैंकसँग अहिले ३१ वटा बचत खाता रहेका छन् । महिला बचत भन्ने छ । महिलाहरुलाई लक्षित गरेर खोलेको हो । मुना बचत भन्ने छ । बच्चाहरुलाई लक्षित गरेर खोलेको हो । सिनियर सिटिजन छ । यो सिनियर सिटिजनहरुलाई सहयोग होस भनेर खोलेको हो । हामीले हेल्थ एण्ड वेल्थ भन्ने ल्याएका थियौ । त्यसमा राम्रो ब्याजदरका साथै वर्षमा एक पटक पुरै शरिर परीक्षण गर्न भनेर ल्याएको हो ।

सेयर लगानी कर्ताहरुलाई लक्षित गरेर सेयरधनी भन्ने थियो । अहिले हाम्रो क्यापिटल पनि छ । ब्रोकर पनि छ । सिटिजन्स बैंकमा खाता खोल्नासाथ ब्रोकरमा गएर कारोबार गर्न सकिन्छ । हामीले ब्रोकर अकाउन्ट पनि खोलिदिने, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसहरु लिन्छु भने हाम्रो क्यापिटलबाट त्यो पनि लिन सकिन्छ । यो सबैलाई बन्डलिङ गरेर सेयर लगानी भनेर ल्याएका थियौ ।

हामीले विदेशी मुद्राका लागि फरेन करेन्सी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि लक्षित गरेर रेमिटेन्स आईपीओ खाता सञ्चालन गरेका छौ । यसमा पनि २ खालको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओमा १० प्रतिशतको कोटा रहेको छ । त्यसका लागि छुट्टै खाता खोलेर आईपीओ भर्न मिल्छ ।

सिटिजन्स इन्टरनेशनल रेमिटेन्स भन्ने खाता पनि सञ्चालनमा छ । जसले रेमिट्यान्स पठाउनुहुन्छ उहाँ र उहाँको परिवारले यो खाता खोल्न मिल्छ । जसले रेमिट्यान्स पठाउनु हुन्छ उहाँले पनि खोल्न मिल्छ । उहाँको परिवारका सदस्यले पनि खोल्न मिल्छ । यसमा ब्याजदर १ प्रतिशत बढी हुन्छ । यसको नियम नै छ ।

हामीले स्यालरी बचत खाता पनि सञ्चालन गरेका छौ । यो दुई प्रकारको छ । ठूला संस्थामा काम गर्नेका लागि प्रिमियम बचत खाता रहेको छ । त्यसमा इन्स्योरेन्स फ्यासिलिटीहरु छ । अन्य छुटहरु पनि छन् ।

ग्राहकलाई बैंकको के कस्ता सेवाले बढी आकर्षण गरिरहेकोे छ ?

अहिले बैंकले डजिटल सेवालाई बढी प्राथमिकता दिएको छ । हामीले अरु बैंकमा नभएको फिचर तथा नयाँ प्रोडक्टहरु ल्याएका छौ । हामीले पहिले भर्चुअल क्रेडिट कार्ड लिएर आएका थियौ । त्यो नेपालमा पहिलो थियो । पहिले मोबाइल बैंकिङ, आश्वा फिचर प्रयोग गर्नेले मेरो सेयरमा लगइन गरेर आफ्नो सबै डिटेल्सहरु राखेर भर्नुपर्ने हुन्थ्यो । हामीले अहिले आश्व फिचरमा मा आश्वा भन्ने फिचर राखेका छौ ।

सेयर भर्नका लागि मोबाइल मात्र लगइन गरेर त्यहाँ एउटा, दईवटा बटम क्लिक मात्र गरेपछि पुग्छ । त्यसमा मेरो सेयरको पासवर्ड, सीआरएन नम्बर नम्बर याद गरिरहनु पर्दैन । अहिले हामीले क्युआर लोनहरु पनि सुरु गरेका छौ । हामीले डिजी बैंक लन्च गरेका छौं । जहाँ अरु सबै सर्भिसहरुको हामीले डिजिटल्ली नै गर्न सकिन्छ ।

डिजिटल कारोबारले बैंकिङ कारोबारका लागि सहयोग भएको छ । यो अहिलेको बजारको माग पनि हो । हामीले यसमा बढी फोकस गरेका छौ । त्यसमा हामीले अझै बढी नयाँ नयाँ प्रोडक्टहरु थपिरहेका छौ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi