Skip to content

दीपक भट्ट र शुलभ अग्रवाललाई सघाउने अर्थ मन्त्रालयका सहसचिवको सरुवा, को कहाँ पुगे ?

nabil bank

काठमाडौं । सरकारले  अर्थ मन्त्रालयका ५ सहसचिवको एकै पटक सरुवा गरेको छ ।

सम्पत्ति शुद्धीकरणको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई सहयोग गरेको भन्दै सरुवा गरेको जनाइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सेवन्तक पोखरेल र महेश बराल मधेश प्रदेशमा सरुवा गरेको छ ।

यस्तै अर्थकै महेश भट्टराईलाई बागमती प्रदेश, मदन दाहाललाई सुदूरपश्चिम प्रदेश र सुशीला अर्याल लुम्बिनी प्रदेशमा सरुवा गरेको छ ।

पोखरेल र भट्टराई आगामी आर्थिक बर्षको बजेट लेखन समूहमा रहेका छन् । दाहाल आन्तरिक राजश्व बिभागका महानिर्देशक हुन ।
पोखरेल, बराल, दाहालहरुले विभिन्न निकायमा बस्दा भट्ट र अग्रवालले अराए, लगाएको काम गरेको बताइन्छ । उनीहरुले गरेको काम देश, राज्यको प्रतिकुल रहेको भन्दै सरुवा गरिएको स्रोतको दाबी छ ।
दुई तिहाईको सरकारले पहिलो पटक ल्याउन लागेको बजेट निर्माण रहेका सहसचिवहरुलाई एकाएक सरुव गर्नुलाई गहिरो अर्थमा हेरिएको चर्चा अर्थ मन्त्रलायमा चलेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi