Skip to content

एनएमबि बैंकले पायो जर्मनीको कमर्ज बैंकबाट ‘एसटीपी अवार्ड २०२५’

काठमाडौं। एनएमबि बैंकले अन्तर्राष्ट्रिय भुक्तानी सेवा तथा वित्तीय स्थानान्तरणमा उच्च गुणस्तर र दक्षता प्रदर्शन गरेबापत जर्मनीस्थित कमर्ज बैंक एजीबाट प्रतिष्ठित ‘एसटीपी अवार्ड २०२५’ प्राप्त गरेको छ।

अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा उच्च मान्यता प्राप्त यो अवार्ड पूर्ण रूपमा स्वचालित, छिटो र त्रुटिरहित भुक्तानी प्रक्रिया सुनिश्चित गर्ने सीमित बैंकहरूलाई मात्र प्रदान गरिन्छ। यस अवार्डले एनएमबि बैंकको प्राविधिक क्षमता, कार्यगत अनुशासन तथा भरपर्दो सेवा प्रवाहप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।

यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले ग्राहकहरूका लागि अन्तर्राष्ट्रिय बैंकिङलाई सरल र सहज बनाउने निरन्तर प्रयासको परिणामस्वरूप यो उपलब्धि हासिल भएको बताए। उनले उच्च मापदण्ड कायम राख्दै छिटो र सुरक्षित सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

बैंकका अनुसार यस उपलब्धिले व्यापार, लगानी तथा विश्वव्यापी वित्तीय पहुँचका लागि एनएमबि बैंकलाई अझ विश्वसनीय साझेदारका रूपमा स्थापित गरेको छ।

हाल एनएमबि बैंकले देशभर १९८ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T