Skip to content

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीलाई सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटी एकेडेमीलाई विद्यालय सञ्चालन तथा पठन–पाठन वातावरण सुधारका लागि ८ लाख २१ हजार २ सय ५० रुपैयाँ सहयोग गरेको छ। उक्त रकम विद्यालयका लागि अत्यावश्यक फर्निचर सामग्री खरिद गर्न उपयोग गरिनेछ।

बिहीबार एकेडेमीको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा कम्पनीका तर्फबाट सञ्चालक समितिकी अध्यक्ष सम्झना अर्यालले प्रधानाध्यापक मोहन प्रसाद भट्टलाई सहयोग रकमको चेक हस्तान्तरण गरिन्। चेक हस्तान्तरणपछि बोल्दै अर्यालले सामाजिक उद्देश्यले सञ्चालन हुने संस्थाहरुलाई सहयोग गर्न पाउँदा कम्पनी खुसी हुने बताइन्। उनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक क्षेत्र पहिचान गरी निरन्तर सामाजिक कार्य गर्दै आइरहेको र भविष्यमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्।

त्यसैगरी, एकेडेमीका प्रधानाध्यापक मोहन प्रसाद भट्टले विद्यालयका विद्यार्थीहरूको अध्ययन वातावरण सुधार र स्तरीयताका लागि यो सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै कम्पनीप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रममा कम्पनीका सञ्चालक समिति सदस्य भावना बलायर, विरेन्द्रजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे तथा एकेडेमीका तर्फबाट सहायक प्रधानाध्यापक अनिता लामा, शिक्षकहरू र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T