Skip to content

इनड्राइभद्वारा ‘प्लाटिनम ड्राइभर गिभअवे’ विजेतालाई ईभी क्याब र ई-स्कुटर हस्तान्तरण

nabil bank

काठमाडौं । इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने ड्राइभर्स पार्टनर्सहरूलाई ग्रान्ड पुरस्कार हस्तान्तरण गरेको छ।

काठमाडौंमा आयोजित समारोहमा विजेताहरूलाई ईभी क्याब र ई–स्कुटर प्रदान गरिएको हो।

सन् २०२६ मार्च २ देखि २९ सम्म सञ्चालन गरिएको चार साता लामो अभियानले सेवा गुणस्तर र कार्यसम्पादनका आधारमा ‘प्लाटिनम’ स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्य राखेको थियो।

क्याब चालकतर्फ पेशल बुढाथोकीले टाटा एक्सप्रेस–टी ईभीप्राप्त गरेका छन्। त्यसैगरी बाइक/मोटो चालकतर्फ सम्देन तामाङ र सरोज खतिवडालेयादिया भेलाक्स जितेका छन्।

विजेताहरूले अभियान अवधिभर निरन्तर उच्च सेवा स्तर कायम राख्दै निर्धारित मापदण्ड पूरा गरेका आधारमा छनोट गरिएको कम्पनीले जनाएको छ। ग्रान्ड पुरस्कारसँगै १६ जना चालकलाई स्यामसङ ग्यालेक्सी ए१५ मोबाइल र चार जनालाई स्टेकेशन प्याकेज प्रदान गरिएको थियो।

विजेता बुढाथोकीले आफ्नो मेहनतको कदर भएकोमा खुशी व्यक्त गर्दै पुरस्कारले अझ राम्रो सेवा दिन प्रेरणा मिलेको बताए। त्यस्तै, सरोज खतिवडाले अभियानले आफूलाई निरन्तर सुधार गर्न उत्प्रेरित गरेको उल्लेख गरे।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले ड्राइभर्स पार्टनर्सहरू कम्पनीको मुख्य आधार भएको बताउँदै उनीहरूको योगदानलाई सम्मान गर्न यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्।

कम्पनीले आगामी दिनमा पनि चालक साझेदारहरूको हितमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। साथै, बढ्दो सञ्चालन खर्चलाई ध्यानमा राख्दै २०२६ अप्रिल १५ देखि लागू हुने गरी २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रम पनि सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi