Skip to content

ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले बढ्यो, खराब कर्जा ७.८३ प्रतिशत

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ज्योति विकास बैंकले ६२ करोड ९४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १०५.३० प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकले ३० करोड ६६ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको छ भने इम्पेरमेन्ट चार्ज घटेको छ । जसले गर्दा बैंकको नाफा बढेको छ । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत बढेर १ अर्ब ५९ करोड ६५ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

यस्तै बैंकको सञ्चालन नाफा १०५.२७ प्रतिशतले बढेर ८९ करोड ९० लाख २० हजार रुपैयाँ पुगेको छ । चालु आवको ९ महिनासम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ५२ करोड १६ लाख १७ हजार रुपैयाँबाट घटेर ११ करोड ८४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

बैंकको बैंकको वितरणयोग्य नाफा ४३ करोड ४८ लाख ४४ हजार रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा छ । ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड ८३ लाख ३ हजार रुपैयाँ छ । ६४ अर्ब ४९ करोड ८ ल ाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४७ अर्ब ९८ करोड ८९ लाख ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi