Skip to content

नबिल बैंकको नाफा ३३.९१ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड, खराब कर्जा घट्यो

nabil bank

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा बैंकले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिमा तुलनामा नाफा ३३.९१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ३.३६ प्रतिशतले बढेर १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ छ ।
बैंकको सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ छ ।

बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ अर्ब ४० करोड रुपैयाँ छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत बाट घटेर ३.३७ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी ३३.०२ रुपैयाँ रहेको छ भने प्रतिसेर नेटवर्थ २४३.३० रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi