Skip to content

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाली रहेको अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ प्रशोचन गरेको छ ।  राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल भएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न साउने व्यवस्था रहेको छ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो ४९ दिने निक्षेप संकलन उपकरणको आउँदो असार ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima