काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले आज सामूहिक राजीनामा दिएका छन् ।
उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिष्टार केदार प्रसाद रिजालले कुलपति बालेन्द्र शाहलाई राजीनामा पठाएका हुन् ।
सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस गरेको अध्यादेशमा त्रिविका पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको बताइएको छ ।
केसी र रिजाल पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका समयमा मेरिटका आधारमा नियुक्त गरेका थिए । यस्तै अर्याल केपी शर्मा ओलीको समयमा मेरिटकै आधारमा नियुक्त भएका थिए ।













प्रतिक्रिया दिनुहोस्