Skip to content

एनआईसी एशिया बैंकद्धारा कैलालीको सरस्वती माविलाई खानेपानी ट्यांकी उपलब्ध

nabil bank

काठमाडौं । एनआईसी एशिया बैंकले कैलालीको सरस्वती माध्यमिक विद्यालयमा खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गोदावरी–५, कैलालीस्थित सो विद्यालयमा विद्यार्थीहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको हो ।

बैंकका सर्कल हेड–धनगढीका दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्रराज ओझालाई एक कार्यक्रमका बीच खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरे । फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीहरुको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi