Skip to content

वाणिज्य बैंकको आरओईमा सामान्य सुधार, कुनकाे कति ? 

nabil bank

काठमाडौं । वाणिज्य बैंकहरूको लगानीमाथिको प्रतिफल (आरओई) चालु आर्थिक वर्षमा समग्र रूपमा सुधारिएको देखिएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको औसत आरओई ८.६८ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ७.८६ प्रतिशतको तुलनामा ०.८२ प्रतिशतले बढी हो।

यद्यपि, सबै बैंकहरूको प्रदर्शन समान छैन। समीक्षा अवधिमा ७ वाणिज्य बैंकहरूको आरओई घटेको देखिएको छ भने बाँकी बैंकहरूले सुधार गरेका छन्। आरओई घट्ने बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र स्ट्यान्डर्ड चार्टर्ड नेपाल रहेका छन्। यी बैंकहरूको प्रतिफलमा आएको गिरावटले उनीहरूको आम्दानी, सञ्चालन खर्च, वा कर्जाको गुणस्तरजस्ता पक्षहरूमा चुनौती रहेको संकेत गर्न सक्छ।

अर्कोतर्फ, बाँकी बैंकहरूले आफ्नो नाफा आर्जन क्षमता बढाउँदै आरओईमा सुधार ल्याएका छ ।  यस अवधिमा सबैभन्दा धेरै आरओई सुधार गर्ने बैंक कुमारी बैंक रहेको छ । यस बैंकको यस्तो आरओई १२.३२ प्रतशितले बढेर १३.४० प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस बैंकको १.०८ प्रतिशतमात्र रहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi