Skip to content

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ, सम्पत्ति हिनामिना गरेको आरोप

nabil bank

काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्रा गरेको हो ।

जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट नियन्त्रणमा लिएको छ । स्मार्ट टेलिकम प्रालिले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८० वैशाख ३ गतेदेखि यसको अनुमतिपत्र स्वतः रद्द भएको थियो।

अनुमतिपत्र रद्द भएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ु को नियम १८ बमोजिम कम्पनीको सम्पूर्ण सम्पत्ति, भौतिक पूर्वाधार, संरचना र सञ्जाल नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नियन्त्रणमा लिएको थियो।

सरकारी नियन्त्रणमा रहेको उक्त सम्पत्ति र संरचनालाई बेइमानीपूर्वक नेपाल सरकारको हक टुटाउने उद्देश्यले काम गरी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा जोशी पक्राउ परेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi