Skip to content

सगरमाथा लुम्बिनी इन्स्योरेन्ससहित दुई कम्पनीलाई प्राधिकरणले गर्‍यो नगदसहित कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससहित दुई कम्पनीलाई कारबाही गरेको छ ।

प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङ प्रालिलाई नगदसहित कारबाही गरेको हो ।

प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । प्राधिकरणले सम्पत्ति बीमा निर्देशन २०८० को दफा २५(२) को विपरित हुने गरी कार्य गरेको भन्दै बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम २ लाख रूपैयाँ जरिवाना गरेको छ।

सम्पत्ति बीमा निर्देशन २०८० को दफा २५ (२) मा बीमकले सम्पत्ति बीमा निर्देशन बमोजिम जारी गरिने बीमालेखको बीमाशुल्कमा प्रत्यक्ष बीमा गर्न आ‍एको अवस्थामा बाहेक कुनै प्रकारको छुट, कटौती वा सहुलियत दिन नपाउने व्यवस्था छ ।

यस्तै प्राधिकरणले लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकिङलाई पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५ उपदफा(१) र (२) को व्यवस्था पालना नगरेको पाएपछि बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड क बमोजिम ५ हजार रूपैयाँ नगद जरिवाना गराएको छ ।

पुनर्बीमा दलाल सम्बन्धी निर्देशिका २०७८ को दफा १५(१)मा पुनर्बीमा दलालको इजाजपत्र प्राप्त संगठित संस्थाले प्राधिकरणको स्वीकृति बिना स्वामित्व हस्तान्तरण गर्न नपाउने प्रावधान छन् । १५(२) मा पुनर्बीमा दलालको इजाजपत्र प्राप्त संस्थाले स्वामित्व परिवर्तन गर्न चाहेमा कारण समेत खुलाएर प्राधिकरण समक्ष निवेदन दिनुपर्ने व्यवस्था छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima