Skip to content

संस्थानलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सुधार अपरिहार्य: मन्त्री डा. तिमिल्सिना

nabil bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरुको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताएका छन् ।

गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उनले समयानुकूल ढंगले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकारले आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्दै संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीले पनि थप जिम्मेवारी र उत्तरदायित्वका साथ काम गर्नुपर्ने जोड दिए ।

सञ्चारमन्त्री तिमिल्सिनाले अब समस्या मात्रै औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको उल्लेख गरे । “आज भनेको भोलिको इतिहास हो । आज राम्रो काम गर्न सक्यौँ भने त्यसले भोलिको मार्गनिर्देशन गर्छ । आफुले काम गरिरहेका संस्था गर्व गर्न लायक हुने बनाउन कर्मचारीहरुले पनि उच्च मनोबलका साथ सक्रीयता देखाउनुहोला,” सञ्चारमन्त्री डा तिमिल्सिनाले भने ।

उनले सार्वजनिक संस्थानलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सुधार अपरिहार्य रहेको बताउँदै सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको प्रभावसँगै गोरखापत्र संस्थानको पुनर्संरचना आवश्यक भएको धारणा राखे ।

गोरखापत्रको लामो इतिहास स्मरण गर्दै उनले पत्रकारिताको शैली, तौरतरिका र प्रविधिमा व्यापक परिवर्तन आइसकेको उल्लेख गर्नुभयो । बदलिँदो समयअनुसार गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक र प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उनले बताए ।

नेपालको भाषिक विविधताले देशलाई समृद्ध बनाएको उल्लेख गर्दै उहाँले त्यसको संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । साथै सञ्चारमाध्यमले नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा पनि उनले जोड दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi