काठमार्डौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४४.६५ प्रतिशतले थोरै हो । गत आवको सोही अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ८६ अर्ब ९ करोड ९२ लाख ५७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ७३ अर्ब ७७ करोड १९ लाख ५५ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीले चैत मसान्तसम्म १ अर्ब २९ करोड ३६ लाख २७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब २१ करोड ८३ लाख ९३ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा कम्पनीको कुल आम्दानी १७ अर्ब ५९ करोड ४७ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १८ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।
यस्तै कम्पनीको खर्च १६ अर्ब ९० करोड २३ लाख १२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही १७ अर्ब १४ करोड ४९ लाख २५ हजार रहेको थियो ।
९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ९९ करोड ६३ लाख १३ हजार रहेको छ भने महाविपत्ति कोषमा ४६ करोड ६६ लाख ५ हजार रहेको छ ।
चैत मसान्तसम्म कम्पनीले १४ अर्ब ६३ करोड ८२ लाख ७४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड ८६ लाख ३६ हजार दाबी भुक्तानी भएको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी ३.८१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १००.४५ रुपैयाँ कायम छ ।












प्रतिक्रिया दिनुहोस्