Skip to content

केही सांसदले म यता र उताको भन्दा मन्त्री पद गयो, कसैको रहरका लागि रास्वपा फुट्दैन: सभापति लामिछाने

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कसैको रहका लागि रास्वपा नफुटने बताएका छन् ।

पार्टीका सांसदहरुलाई दिएको प्रशिक्षण कार्यक्रममा समापन कार्यक्रममा उनले अब अब रास्वपा हुर्किसकेको बताए ।

उनले कार्यक्रममा पार्टीका सांसदहरुलाई म यता र उताको भन्दा मन्त्री नपाएका उदाहरण रहेको बताए । उनले आगामी दिनमा यसरी यता उता गर्नेले अर्को पटक टिकट पनि नपाउने दाबी गरे । ‘‘एउटा अवसर नपाएर म यता र उताको नभन्नु’’ उनले भने ।

उनले पार्टीका सांसदहरुलाई सांसदका रुपमा पार्टी विद्येयक मात्रै हेर्न अनुरोध गरे । सांसदलाई विद्येयकबाहेक अरु थाहा हुन नहुने उनको तर्क छ । सांसदको मूल काम कानून बनाउनु भएको स्मरण गराए । कार्यक्रममा अहिले सरकारले गरेका काममा शंका गर्ने ठाँउ नभएको दाबी गरे ।

रास्वपाका कारण कुनै मानिस सुकुम्बासी नभएको दाबी गरे । ‘‘पुराना राजनीतिक दलले भोट बैंकको रुपमा प्रयोग गरे” उनले भने, “अब उनीहरुलाई प्रयोग गर्ने छैनौ । सबैलाई लालपुर्जा दिन्छौ ।”

सुकुम्बासीको समस्या विगत ३० वर्षदेखि भएको बताए । भूमिहिनको समस्या समाधान नभएसम्म छाती थापि नै रहने आश्वास दिए । “सरकारको विरोध गरेपनि, पुत्ला दहन गरेपनि अधिकार यही सरकारले दिने” उनले भने । उनले आयोग बनाएर सुकुम्बासीको वर्गीकरण गरेर सबैको समस्या समाधान गर्ने उनले दाबी गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi