Skip to content

सहकारी बचतकर्ताको रकम फिर्ताका लागि कोष स्थापना गरिने

nabil bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समस्याग्रस्त सहकारी संस्थामा बचत गरेका नागरिकको रकम फिर्ता गर्न विशेष कोष स्थापना गर्ने घोषणा गरेको छ। सरकारले ‘एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरेर समस्याग्रस्त सहकारीको बचतकर्ताको रकम फिर्ता गर्ने जानकारी दिएको छ। जसबाट कर्जा असुली प्रक्रिया मार्फत बचत फिर्ता गरिने व्यवस्था गरिनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्। उनका अनुसार, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारी नियमन र व्यवस्थापनलाई अझ प्रभावकारी बनाइनेछ।

यसका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको क्षमता सुदृढ गरिनेछ। त्यसैगरी, कर्जा सूचना प्रणालीलाई पनि सुदृढ बनाइने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi