Skip to content

प्रभु महालक्ष्मी लाइफको नाफा बढ्यो, अन्य सूचक कस्ता ?

nabil bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको नाफा १.६१ प्रतिशतले बढेर २७ करोड ५० लाख ७० हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले २७ करोड ७ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चैत मसान्तसम्म कम्पनील ४ अर्ब १५ करोड १७ लाख ७८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ४९ करोड २० लाख ३४ हजार रुपैयाँ रहेको थियो । चैत मसान्तसम्म कम्पनीको जीवन बीमाकोषमा १६ अर्ब ९० करोड ७५ लाख ९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १२ अर्ब ८० करोड १८ लाख ७८ हजार रहेको थियो ।

५ अर्ब ३० करोड ७७ लाख ९३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १३ करोड ८४ लाख ५२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३३ करोड २१ लाख ४५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.९१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi