Skip to content

सरकारलाई हर्क साम्पाङको प्रश्न: हाम्रो प्रधानमन्त्री असफल र अयोग्य हुन? 

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्‌लाई सम्बोधन नगरेको विषयमा प्रश्न गरेका छन् ।  सांसद साम्पाङले प्रधानमन्त्रीले बालेन शाहले संसद्‌लाई सम्बोधन नगरेको विषयमा आपत्ति जनाएका हुन्।
“यो देशमा प्रधानमन्त्री छन् कि छैनन् ? यदि छन् भने संसद्‌मा आएर जनप्रतिनिधिले उठाएका प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन?” उनले प्रश्न गरे। उनका अनुसार संसद्‌मा उठाइएका प्रश्नको जवाफ नदिनु भनेको प्रत्यक्ष रूपमा जनताको आवाज बेवास्ता गर्नु हो। “सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको उत्तर नदिनु हो, र जनताको प्रश्नको उत्तर दिन नसक्नु अयोग्यता र असक्षमताको संकेत हो,” उनले भने।
यसैगरी, संसद्‌मा बोल्दै उनले सरकारसँग रोजगारी सिर्जनाको अवस्थाबारे स्पष्ट जवाफ मागे। साम्पाङले वर्तमान अवस्थामा जनताले सरकारबाटै असुरक्षा महसुस गरिरहेको उल्लेख गर्दै यस्तो अवस्था लोकतन्त्रका लागि चिन्ताजनक भएको बताए। उनले जनताको जिउधनको सुरक्षा र सीमाको रक्षा गर्न नसक्ने सरकारलाई सफल भन्न नसकिने धारणा राखे।
सीमावर्ती क्षेत्रमा छिमेकी देशले गरिरहेका निर्माण कार्यबारे समेत उनले प्रश्न उठाउँदै त्यसबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने माग गरे। “सीमामा भइरहेका गतिविधि सरकारको जानकारीमा छन् कि छैनन् ?” उनले प्रश्न गरे।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T