काठमाडौं । नेपाली कांग्रेसका सांसद भिष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेल साहको पछिल्लो व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले व्यङ्ग्यात्मक शैलीमा प्रधानमन्त्रीको नाम ‘गिनिज बुक’मा लेखिने भन्दै आलोचना गरेका छन्।
संसद बैठकमा बोल्दै सांसद आङ्देम्बेले प्रधानमन्त्रीको गतिविधि अमर्यादित रहेको आरोप लगाए। ‘हाम्रो प्रधानमन्त्रीको नाम गिनिज बुकमा लेखिने भएको छ,’ उनले भने । प्रधानमन्त्रीको व्यवहारले संसदको गरिमा घटाएको उनको टिप्पणी हरेको छ ।
उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति पनि प्रश्न उठाउँदै स्वास्थ्य परीक्षण गरिनुपर्ने र त्यसबारे संसदलाई जानकारी गराइनुपर्ने माग गरे। ‘यदि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या छ भने तुरुन्त परीक्षण गरियोस् र सदनलाई जानकारी दिइयोस्,’ उनले भने।
आङ्देम्बेले प्रधानमन्त्रीको कारण राज्य व्यवस्था समितिको बैठकसमेत बस्न नसकेको दाबी गर्दै यसलाई गम्भीर विषयका रूपमा लिनुपर्ने बताएका छन् ।
“सदनलाई गरिमामय बनाउनु पर्ने हो, किन भएन?” उनले भने ।












प्रतिक्रिया दिनुहोस्