Skip to content

सन नेपाल लाइफको नाफामा सुधार, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म यस कम्पनीले ३४ करोड २३ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको चैत समान्तसम्मको तुलनामा ३.३५ प्रतिशतले बढेको हो। गत आवको चैत कम्पनीले मसान्तसम्म ३२ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसैगरी, चैत मसान्तसम्म कम्पनीको जीवन बीमाकोष ९ अर्ब ५१ करोड रुपैयाँबाट २५ प्रतिशतले बढेर ११ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। चैत मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ७१ करोड रुपैयाँबाट ५ प्रतिशतले घटेर ३ अर्ब ५२ करोड रुपैयाँमा सीमित भएको छ।

प्रतिसेयर आम्दानी ११.०७ रुपैयाँबाट घटेर ८.५५ रुपैयाँमा झरेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १४१.३८ रुपैयाँ छ। चुक्ता पूँजी ५ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २३ करोड ३२ लाख रुपैयाँ र जगेडा कोषमा ३० करोड ६४ लाख रुपैयाँ सञ्चिति रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima