Skip to content

बैंकर पाण्डेलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउमा कारण देखाउ आदेश जारी गरेको छ । पाण्डेकी श्रीमती निरु दाहालले सर्वोच्च अदालतमा रिट दायर गरेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चले कारण देखाउ आदेशसहित अन्तरिम आदेशका लागि छलफलका लागि बोलाएको हो ।

पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘ठगी तथा आपराधिक विश्वासघात’ को कसुरमा आइतबार राति सिन्धुलीबाट पक्राउ गरेको थियो।

सीईओ पाण्डेको पक्राउलाई गैरकानुनी भन्दै उनकी श्रीमती दाहालले सर्वोच्चमा रिट दर्ता गराएकी हुन् । उक्त रिटको सुनुवाइका लागि बिहीबार सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा पेसी तोकिएको थियो । उक्त मुद्दामा हाल सुनुवाइ सकिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima