काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि ६ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् ।
यता बागमती प्रदेशमा भने एमाले एमालेबीच निर्वाचन हुने भएको छ ।
बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि जेठ ९ गते निर्वाचन हुने छ । बागमती प्रदेशको सञ्चालकका लागि ३ दलले साझा उम्मेदवार घोषणा गरेका छन् । तीन दलले संयुक्त रूपमा बागमती प्रदेशको सञ्चालकका लागि परितोष पौडेललाई सञ्चालक उम्मेदवार घोषणा गरेका हुन् ।
उम्मेद्वार घोषणा गर्न आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गीता सत्याल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता केशव बडाल, खगराज अधिकारी र डा खेमप्रसाद लोहनी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य लीलामणि पोखरेललगायतले अहिलेको परिस्थितिमा सहकारीको मूल्य, मान्यता अनुसार सहकारी अभियान सञ्चालन गर्न साझा उम्मेदवार घोषणा गरी निर्वाचित गर्ने प्रतिबद्धता जनाए ।
बागमती प्रदेशको सञ्चालक पदका पौडेल र रामशरण शर्मा घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ । दुवैजना एमाले हुन् । निर्वाचित सात सञ्चालकबाट अध्यक्ष चयन गरिने भएकाले सञ्चालक बन्न प्रतिस्पर्धा रहेको छ ।












प्रतिक्रिया दिनुहोस्