Skip to content

रवि, जीवी, छविलाललगायत विरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतको आदेश

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जिवी राई र छबिलाल जोशीलगायत प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता आदेश दिएको छ।

जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत् कायम राख्ने निर्णय गरेको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोगपत्र संशोधन गर्न अनुमति दिएको आदेशमा उल्लेख छ। आदेशअनुसार अब मुद्दामा सहकारी ठगीको अभियोग मात्र कायम रहनेछ भने संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी कायम रहने छैन।

अदालतले पीडित बचतकर्ताको रकम सहज र शीघ्र फिर्ता गराउने उद्देश्यलाई मुख्य आधार मानेको जनाएको छ। आदेशमा जाहेरवाला र प्रतिवादीबिच मिलापत्र तथा बचतकर्ताले बिगो रकम फिर्ता पाउने प्रक्रिया जटिल नबनोस् भन्ने पक्षलाई समेत ध्यान दिइएको उल्लेख गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima