काठमाडौं । चालु आर्थिक वर्षको वैशाखसम्म निर्जीवन बीमा कम्पनीहरूले ४० अर्ब रुपैयाँमाथिको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार वैशाख मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले २४ लाख ११ हजार ६६२ बीमालेख बिक्री गरी ४० अर्ब २९ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
कम्पनीहरूले वैशाखमा मात्रै दुई लाख ४१ हजार ८३५ बीमालेख बिक्री गरी चार अर्ब एक करोड ४५ लाख ७३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।
वैशाख मसान्तसम्म सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले दुई लाख ६८ हजार ६४४ बीमालेख जारी गरी ५ अर्ब १९ करोड २२ लाख ६३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले चार अर्ब २५ करोड ८६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । वैशाकसम्म हिमालयन एभरेष्ट इन्स्योरेन्सले चार अर्ब ३७ करोड ७९ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ ।
यसैगरी, १० महिनामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तीन अर्ब ४९ करोड ४५ लाख १४ हजार रुपैयाँ र बराबरको बीमाशुल्क आर्जन गर्दा आईजीआई प्रुडेन्सियलले तीन अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।
यस अविधमा एनएलजी इन्स्योरेन्सले तीन अर्ब ४४ करोड ३६ लाख २१ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले तीन अर्ब एक करोड ८५ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीले एक लाख ६२ हजार ६५ बीमालेख बिक्री गरी एक अर्ब ८१ कराेड ५७ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
यसैगरी, दि ओरियन्टल इन्स्योरेन्सले दुई अर्ब ५८ करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । वैशाख मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले एक अर्ब १८ करोड ८५ लाख, नेशनल इन्स्योरेन्सले एक अर्ब छ करोड ४५ लाख ८९ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
प्रभु इन्स्योरेन्सले एक अर्ब ४९ करोड ७६ लाख र सानिमा जिआइसीले दुई अर्ब ३६ करोड २८ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले दुई अर्ब ४७ करोड ५६ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।
यसैगरी, चालु आवको यस अवधिमा निर्जीवन बीमा अन्तर्गतका चार लघुबीमा कम्पनीहरूले एक अर्बमाथिको व्यवसाय गरेका छन् । यस अवधिमा कम्पनीहरूले चार लाख १८ हजार ९९० बीमालेख जारी गरी एक अर्ब १० करोड एक लाख ८८ हजार रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले २७ करोड ३५ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३१ करोड ११ लाख, स्टार माइक्रो इन्स्योरेन्सले २६ करोड १९ लाख र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ३५ करोड ३५ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्