Skip to content

भीषण पानी, हावाहुरी र पहिरोका कारण प्रभावित नागरिकलाई क्षतिपूर्ति दिन माग

nabil bank

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पछिल्ला समयमा भीषण पानी, हावाहुरी र पहिरोका कारण विभिन्न जिल्लामा नागरिक तथा सडकहरू प्रभावित भएको विषयमा ध्यानाकर्षण गराइएको छ ।

सभाको आकस्मिक समयमा सांसद बलावती शर्माले बागलुङका विद्यालय र घरका छानाहरू हावाहुरीले उडाउनका साथै कृषिबालीमा समेत प्रभाव परेकाले उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद सोम शर्माले विपद् जोखिम व्यवस्थापनका लागि सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्र गर्दै ग्रामीण क्षेत्रका कच्ची घरहरूमा जस्तापाता लगाइदिन आग्रह गरे। सांसद सन्दीप रानाले विषादी च्याउ खाएर मानिसको मृत्यु भएको दृष्टान्त पेस गर्दै खान मिल्ने र विषादी च्याउ वर्गीकृत हुने प्रणाली विकास गर्न अनुरोध गरे ।

सांसद गोविन्द पन्थीले हावाहुरीका कारण गुल्मीको मालिका गाउँपालिका बढी प्रभावित भएकाले मूल्याङ्कन गरेर राहत तथा क्षतिपूर्ति दिन आग्रह गरे। सांसद भूमिका लिम्बू सुब्बाले मध्यपहाडी (पुष्पलाल) लोकमार्गका केही सडकखण्ड अवरूद्ध भएको तथा पहिरोका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद आशिष गजुरेलले बिपी राजमार्गका विभिन्न ठाउँमा वर्षा एवं बाढीका कारण बालबालिकाको ज्यान जान थालेकामा चिन्ता गर्दै विपद् व्यवस्थापनमा पूर्वसचेतना कार्य प्रभावकारी बनाउन सुझाव दिए।

सांसद नरेन्द्रकुमार केरूङले बेमौसमी मनसुनका कारण मध्यपहाडी (पुष्पलाल) लोकमार्गको फलैचाँ ९दोभाने० लगायत क्षेत्रमा क्षति भएको उल्लेख गर्दै क्षतिको एकिन गरी निर्माण कार्य सञ्चालन गर्न अनुरोध गरे ।

सांसद क्षितिज थेबेले गत जेठ ८ गतेको भीषण पानीले ताप्लेजुङ र पाँचथरमा विपद्जन्य घटनाका कारण प्रभावित जनतालाई क्षतिपूर्ति दिन माग गरे। सांसद रामविनोद यादवले स्वास्थ्यकर्मीको लापर्वाहीका कारण धनुषामा उपचारका क्रममा एक गर्भवतीको निधन भएकामा दुःख व्यक्त गर्दै यस्ता घटना नहोस् भन्नेतर्फ ध्यानाकर्षण गराए।

सांसद सुशान्त वैदिकले प्युठान, रोल्पा र अर्घाखाँची जिल्लामा केही दिनदेखि विजुली बन्द भएकाले तत्काल ध्यान दिन आग्रह गरेका छन् । सांसद रेखाकुमारी यादवले सर्वोच्च अदालतको फैसलाविपरीत महोत्तरी जिल्लास्थित गौशलाको ३४ घरधुरी भत्काउन खोजिएकामा आपत्ति व्यक्त गरिन।

सांसद शम्भुप्रसाद ढकालले झापामा वर्षाका कारण बिजुली प्रभावित भएको र केराखेतीमा नोक्सानी भएकाले राहत दिन माग गरे ।

सांसद प्रेमबहादुर बयकले हालै आएको वर्षा र पहिरोका कारण अछामको रामारोशनमा दुई सय भेडाको क्षति भएको जानकारी दिँदै यसबाट पीडित किसानलाई राहत उपलब्ध गराउन अनुरोध गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi