काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ .०८ र बिक्रीदर १५२ .६८ कायम गरिएको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १७७.०९ र बिक्रीदर १७७.७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५.२४ र बिक्रीदर २०६.०५ तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४.६४ र बिक्रीदर १९५.४१ निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९.०३ र बिक्रीदर १०९.४६, क्यानेडियन डलर एकको खरिददर ११०.१० र बिक्रीदर ११० .५४ तथा सिङ्गापुर डलर एकको खरिददर ११९.०६ र बिक्रीदर ११९.५३ कायम भएको छ ।
जापानी येन १० को खरिददर ९.५७ र बिक्रीदर ९ .६१ तथा चिनियाँ युआन एकको खरिददर २२.४२ र बिक्रीदर २२.५० तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४०.५३ र बिक्रीदर ४०.६९, कतारी रियाल एकको खरिददर ४१.७२ र बिक्रीदर ४१ .८८ तथा थाई भाट एकको खरिददर ४.६८ र बिक्रीदर ४.७० कायम गरिएको छ ।
संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर ४१.४० र बिक्रीदर ४१.५७, मलेसियन रिङ्गेट एकको खरिददर ३८.४८ र बिक्रीदर ३८.६३ तथा दक्षिण कोरियाली वन १०० को खरिददर १०.०४ र बिक्रीदर १०.०८ निर्धारण गरिएको छ ।
त्यसैगरी, स्विडिस क्रोनर एकको खरिददर १६.३९ र बिक्रीदर १६.४६, डेनिस क्रोनर एकको खरिददर २३ .७० र बिक्रीदर २३ .७९ तथा हङ्कङ डलर एकको खरिददर १९ .४१ र बिक्रीदर १९ .४९ कायम भएको छ ।
कुवेती दिनार एकको खरिददर ४९५.८६ र बिक्रीदर ४९७.८२, बहराइन दिनार एकको खरिददर ४०३ .४० र बिक्रीदर ४०४ .९९ तथा ओमानी रियाल एकको खरिददर ३९५.०१ र बिक्रीदर ३९६ .५७ तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय पैयाँ १०० को खरिददर १६० पैयाँ र बिक्रीदर १६० पैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्