Skip to content

जेनजी आन्दोलन टीओबी समूहले भड्काएर असान्त बनाएको आयोगको ठहर

nabil bank

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन टीओबी समूहले भड्काएको उल्लेख गरेको छ ।

आज आयोगले प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो । शान्तिपूर्ण गर्ने भनिएको उक्त आन्दोलनलाई टीओबी समूहले हिंसात्मक बनाएको उल्लेख छ ।

प्रतिवेदनका अनुसार ‘टीओबी’ लेखिएको कालो टिसर्ट लगाएका १५–२० जना बाइकर समूह आन्दोलन स्थल प्रवेश गरेर स्थिति हिंसात्मक बनाएको उल्लेख छ ।

भदौ २३ गते बिहान करिब साढे १० बजे अन्दाजी ३ हजार देखि ३२ सय जनाको सङ्ख्यामा प्रमुख जिल्ला अधिकारीले प्रदान गरेको अनुमतिको परिधिभित्र सुरू गरिएको -याली केही समयभित्र नै सो परिधि र क्षेत्र नाघि बबरमहल, बिजुली बजार पुल हुँदै नयाँबानेश्वर स्थित एभरेष्ट होटल अगाडि आइपुगेको थियो ।

तत्पश्चात प्रदर्शनकारीहरुको सङ्ख्या बढेर २०, २५ हजार जना भएको, सोही समयमा टीओबी लेखिएका कालो टीसर्टमा लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपहरु आएर भीडलाई अगाडी बढ्न उत्तेजक बनाएको देखिन्छ । एभरेष्ट होटल अगाडि अन्दाजी २०, २५ हजार भीड जम्मा भईसकेपछि करिब १२ बजेको समयतिर हामी नेपाल संस्थाका सुदन गुरूङले भिडको नेतृत्व गरेको पाइन्छ ।

यसरी निज गुरुङले नेतृत्व लिए पश्चात प्रदर्शनकारीहरु आक्रोशित भई सुरक्षा व्यारिकेड तोडी निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीसँग मुठभेड, झडप भइ हुलदङ्गामा परिणत भएको देखिन्छ । तत्पश्चात मात्रै सुरक्षाकर्मीबाट अश्रु ग्याँस र पानीको फोहोरा प्रयोग भएको पाइयो । साथै अश्रु ग्याँसका कारण आक्रोशित भिडले बीआईसीसी १. नं. गेट अगाडी ढुङ्गामुढा सुरु गरी एपीएफ वाटर क्यानन् तोडफोड गरी वाटर क्याननको छतमा चढेको देखिन्छ ।

यसै अवस्थामा सुरक्षा निकाय लगायत जेनजी अगुवाहरुले समेत आक्रोशित भिडलाई सम्झाई बुझाई गरी फर्कन र अवाञ्छित गतिविधि रोक्न आग्रह गरेको देखिन्छ । यसै अवस्थामा करिब मध्यान्हतिर प्रमुख जिल्ला अधिकारीले बल प्रयोग गर्ने आदेश दिएको र कर्फ्यू आदेश जारी गरेको देखियो ।

यसरी शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू किन कसरी हिंसात्मक हुन पुगे भनी विश्लेषण गर्दा उक्त स्थानमा टीओबी लेखिएका कालो टीसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपको प्रवेशपश्चात माथि प्रकरण नं ३ मा उल्लेख गरिएअनुसार विध्वंसात्मक कार्य गर्ने गराउने समूहले नवयूवा (जेन जेड) को शान्तिपूर्ण विरोध प्रदर्शनलाई कब्जा गरी नवयुवा (जेन जेड) विद्यार्थीलाई ढाल बनाइ सुरक्षाकर्मीहरु माथि नै ढुङ्गामुढा गर्दै संसद् भवनमा आक्रमण गरी आगजनी गर्ने प्रयास समेत गरी धन जनको क्षति पुर्याएको स्पष्ट हुन आयो ।

त्यस्तै गरी एम्बुलेन्स, राष्ट्रिय मानव अधिकार आयोगको अनुगमन गर्न गएको सवारी साधन समेत तोडफोड तथा आगजनी गरी कर्मचारीहरुलाइ कुटपिट तथा दुर्व्यवहार गरेको समेत पाइयो । यसरी शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुलाई योजनाबद्ध तवरवाट उक्साई, आक्रोशित बनाई सुरक्षाकर्मी र संसद् भवनमाथि आक्रमण गर्ने टीओबी लेखिएका कालो टिसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाईकर ग्रुपका व्यक्तिहरूको पहिचान, निजहरूको आयोजकहरुसँग के कस्तो सम्बन्ध रहेको छ ?

यिनीहरु कसैबाट सञ्चालित हुन् कि होइनन् ? भन्ने विषय अनुसन्धान प्रतिवेदनवाट नदेखिएको हुँदा उल्लेखित प्रदर्शनकारीहरूलाई उक्साउने भड्काउनेमा स्पष्ट रूपमा संलग्न देखिएको टीओबी लेखिएको कालो टीसर्ट लगाएका र हात तथा शरीरमा टीओबी लेखिएको ट्याटु खोपेका १५/२० जनाको बाइकर ग्रुपको वास्तविक अवस्था बारेमा थप अनुसान्धान गरी निष्कर्षमा पुग्नु पर्ने देखिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi