Skip to content

साझा यातायात सात करोडभन्दा बढी नोक्सानीमा

काठमाडौं । सरकारकाे स्वामित्वमा रहेकाे  साझा यातायात कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा सात करोड ७ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा गएको छ।

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षमा ७ करोड ७ लाख १३ हजार रुपैयाँ बराबरको खुद नोक्सानी व्यहोरेको हो।

यसैगरी, संस्थाको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने जारी तथा चुक्ता पुँजी समान रूपमा ३ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। संस्थाको खुद सम्पत्ति ४ अर्ब २५ करोड ३२ लाख ६८ हजार रुपैयाँ कायम रहेको छ।

वित्तीय विवरणअनुसार नेपाल सरकार तथा बैंक तथा वित्तीय संस्थाप्रति कुनै भाखा नाघेको साँवा–व्याज दायित्व छैन। संस्थाले सेयरमा ५ लाख ३० हजार रुपैयाँ लगानी गरेको देखिएको छ। नेपाल सरकारलाई बुझाउन बाँकी राजस्वतर्फ अन्य शीर्षकमा रु. १८ लाख २६ हजार बाँकी रहेको छ भने आयकर, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र रोयल्टी शीर्षकमा कुनै बक्यौता छैन।

संस्थाको अन्तिम लेखापरीक्षण आर्थिक वर्ष २०८०/८१ सम्म सम्पन्न भएको छ। बेरुजु रकम शून्य रहेको तथा चालु वर्षमा पनि कुनै बेरुजु फछ्र्योट नभएको उल्लेख गरिएको छ। कर्मचारी व्यवस्थापनतर्फ संस्थामा स्वीकृत ४० दरबन्दीमध्ये हाल २८ कर्मचारी कार्यरत छन्। तीमध्ये १० जना स्थायी, १७ जना सेवा करार र एक जना ज्यालादारी कर्मचारी रहेका छन्। हाल १२ पद रिक्त रहेको विवरणमा उल्लेख छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima