Skip to content

आगामी वर्ष १ हजार किलोमिटर कालोपत्रे, २ सय सडक पुल

nabil bank

काठमाडौं । सरकारले  १ हजार किलोमिटर सडक कालोपत्रे गर्ने घोषणा गरेको छ । सो आवमा २ सय सडक पुल निर्माण गरिने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरे ।

उनका अनुसार पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने । यस वर्ष नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्ड निर्माण सकिने छ । अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने उनले बताए । सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।

द्रुतमार्गको ४० पुल र ४ सुरुङ द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड विनियोजन गरिएको छ । कर्णाली राजमार्गलाई १ अर्ब र मध्य पहाडी लोक मार्गलाई २ अर्ब १६ करोड विनियोजन गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi