Skip to content

देशभर ३२ हजार ३२५ सहकारी, सेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड

nabil bank

काठमाडौं । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२÷२०८३ को आर्थिक सर्वेक्षणमा २०८२ फागुन मसान्तसम्म देशभर दर्ता भएका सहकारीको सङ्ख्या ३२ हजार ३२५ पुगेको उल्लेख छ ।

सहकारी क्षेत्रमा रु १० खर्ब २९ अर्ब ५७ करोड बचत परिचालन भएको छ भने ८२ हजार २१६ व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । सहकारीसम्बन्धी एकीकृत तथ्याङ्कको लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा २०८२ फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन् । कोपोमिसमा २०८१ असार मसान्तसम्म १८ हजार ८९७ सहकारी आबद्ध भएका थिए ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले नेपालको सहकारी क्षेत्रको नियमन गर्दै ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको छ । सङ्घीय सरकारबाट समस्याग्रस्त घोषित २३ सहकारी संस्थामध्ये तीन संस्था राफसाफ भएको छ । बाँकी २० सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी हुन बाँकी छ ।

हालसम्म विभिन्न चरणमा कूल ८० हजार ८७ दाबीकर्ताको रु ४७ अर्ब ६० करोड १३ लाख माग दाबी दर्ता भएको छ । हालसम्म तीन हजार ६८८ दाबीकर्तालाई पूर्ण रुपमा कूल रु दुई अर्ब ५४ करोड ६८ लाख माग दाबी भुक्तान गरिएको छ । साथै चालु आर्थिक वर्षको फागुनसम्म आठ हजार ७६३ दाबीकर्तालाई रु १२ करोड २३ लाख रकम फिर्ता गरिएको सर्वेक्षणमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi