Skip to content

फलाखु खोला जलविद्युत आयोजनामा एनआईसी एशिया बैंकको ९५ करोड २० लाख लगानी

काठमाडौं । एनआईसी एशिया बैंकले जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने क्रममा रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ७.२९ मेगावाट क्षमताको फलाखु खोला जलविद्युत आयोजनामा ९५ करोड २० लाख रुपैयाँ लगानी गर्ने भएको छ।

यस सम्बन्धमा बैंक र रसुवा हाइड्रोपावर लिमिटेड बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। आयोजित कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल तथा कम्पनीका अध्यक्ष दीपक थापाले समझदारीपत्रमा हस्ताक्षर गरे। बैंकका अनुसार आयोजना दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाबाट वार्षिक करिब ३८.७४ गिगावाट विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ।

नेपाल सरकारको स्वच्छ ऊर्जा उत्पादन तथा दिगो विकासको लक्ष्यलाई सहयोग पुग्ने विश्वास गरिएको उक्त आयोजनामा एनआईसी एशिया बैंकको नेतृत्वमा लगानी सुनिश्चित गरिएको हो। आयोजना सम्पन्न भएपछि स्वच्छ ऊर्जा उत्पादनमा वृद्धि भई देशको आर्थिक विकास, ऊर्जा आत्मनिर्भरता तथा वातावरण संरक्षणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T