Skip to content

विदेशी मुद्रा सञ्चितिलाई विकासमा लगाउन ‘सोभरेन वेल्थ फन्ड’ स्थापना गरिन्छः गभर्नर पौडेल

nabil bank
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले विदेशी मुद्राको सञ्चितिलाई विकासमा लगाउन ‘सोभरेन वेल्थ फन्ड’ स्थापना गर्न लागिएको जानकारी दिएका छन् । उनले मुलुकको विदेशी मुद्रा सञ्चिति धेरै भएको र त्यसको प्रतिफल कम भएको सन्दर्भमा त्यसको सदुपयोग गर्न सोभरेन वेल्थ फन्ड स्थापना गर्न खोजेको बताएका हुन ।
अर्थ मन्त्रालयले आइतबार आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘हामीलाई ७ महिनाको आयात धान्ने विदेशी मुद्राको सञ्चिति भए पुग्छ । तर, १८ महिनाभन्दा बढीको आयात धान्ने विदेशी मुद्रा छ । तर, यसको प्रतिफल ४ प्रतिशत मात्रै हाराहारी भएको अवस्थामा छ,’ गभर्नर डा. वाग्लेले भने ।
यस्तो अवस्थामा केही विदेशी मुद्रालाई आर्थिक विकासमा योगदान हुने हिसाबले सोभरेन वेल्थ फन्डको परिकल्पना गरिएको उनले बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi