Skip to content

बीमा प्राधिकरणको अध्यक्षका लागि ५० जनाको आवेदन

 

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि विभिन्न ५० जनाको आवेदन परेको छ।

अध्यक्ष छनोट सिफारिस समितिका अनुसार आजसम्म ५० जनाको आवेदन परेको छ।

अध्यक्षका लागि डा. रवीन्द्र घिमिरे, राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. राजेन्द्र पण्डित, रमेशकुमार भट्टराई, प्राधिकरणका निर्देशक कमलराज रेग्मी, उपनिर्देशक विरोध भट्ट लगायतले आवेदन दिएको बताइएको छ।

प्राधिकरण अध्यक्षका लागि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । समितिको सदस्यमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी र अर्थसचिव डा. घनश्याम उपाध्याय छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T